८८ वर्षीय वृद्धको हत्या आरोपमा दुई जना पक्राउ


eShilalekh

२९ श्रावण २०८२, बिहीबार १५:१५

सिरहा: सिरहाको धनगढीमाई नगरपालिका ११ आमटोल निवासी ८८ वर्षीय फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल रहेका छन्।

सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले फनिलालको घरमा प्रवेश गरेका थिए। वृद्धले हल्ला मच्चाएपछि घरभित्र छिरेका उनिहरुले साथमा रहेको खुकुरी प्रयोग गरी हत्या गरिएको अनुसन्धानमा खुलेको हो। घटनास्थलबाट खुकुरी र चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ।

फनिलालको साउन १४ गते हत्या भएको थियो। सीसीटीभी फुटेज र घटनास्थलमा छुटेको चप्पलको आधारमा अनुसन्धान अघि बढाउँदा साउन २३ गते मण्डललाई पक्राउ गरिएको थियो। मण्डलको बयानका आधारमा चौधरीलाई साउन २७ गते नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्