मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा वीरगन्जकी एक महिलाको मृत्यु


eShilalekh

८ भाद्र २०८२, आईतवार १४:५०

सिमराः हेटौंडामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी वीरगन्जकी एक महिलाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका ९ पशुपतिनगरमा मोटरसाइकल दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका १३ मुर्लीकी ४३ वर्षीया कविता जोशी श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा उनका ४८ वर्षीय श्रीमान् प्रवीण श्रेष्ठ घाईते भएका छन् । रातोमाटेबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र. ०२–०४५प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ आउँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । श्रेष्ठ दम्पती बा.प्र. ०३–००५प ९०६९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाईते भएकी कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइते प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्