सप्तरीको चन्द्र नहरमा डुबेर एक जनाको मृत्यु

सप्तरीः सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ६ घोगनपुरका ४६ वर्षीय शत्रुधन सरदार रहेका छन् ।
मादक पदार्थ सेवन गरी नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
एक हप्ताअघि चन्द्र नहरमा डुबेर कञ्चनरुप नगरपालिका ७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको पनि मृत्यु भएको थियो ।