जलेको अवस्थामा भेटिएका रुबीका हत्यारा पासवानलाई काठमाडौं पठाईयो

सिमराः बन्द सुटकेसभित्र मृत फेला परेकी माधवनारायण नगरपालिका ६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्यारा लक्ष्मण पासवानलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
पासवान बुधबार बिहान पासवानलाई उनको घर नजिकै गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अनुहार र शरीरको ठूलो भाग जलेका पासवानलाई प्रारम्भिक उपचारपछि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
पासवानले आत्मदाह प्रयास गर्नु अघि करिब ९ मिनेट लामो भिडियो बनाएर रुबीको हत्या गरेको स्वीकार गरेका छन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पासवानले रुबीलई आफूले मारेको र अब आफू पनि आगो लगाएर मर्ने भिडियोमा बताएका थिए । भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनले आगो लगाएको हुनसक्ने देखिएको छ ।
प्रेम सम्बन्धको पृष्ठभूमि हुनसक्ने संकेत देखिए पनि हत्याको वास्तविक कारणबारे अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।