कलैयाका एक जनामा हैजा संक्रमण पुष्टि

सिमराः कलैयाको प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । कलैया उपमहानगरपालिका १८ पतौराका एक पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो ।
झाडापखाला लागेर अस्पताल भर्ना भएका ती पुरुषको परीक्षणपछि हैजा पुष्टि भएको प्रादेशिक अस्पताल कलैयाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन्।
यसैगरी वीरगन्जमा हालसम्म एक सय १५ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । बुधबार बिहानसम्म झाडापखाला र हैजाबाट संक्रमित भएका दुई सय २७ जना बिरामी उपचारपछि निको भएर घर फर्किएको वीरगन्ज स्वास्थ्य कार्यालयले जनाएको छ ।