सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु


eShilalekh

१३ भाद्र २०८२, शुक्रबार १६:२६

सिमराः सिम्रौनगढमा शुक्रबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ ७ झवानी टोलकी कैलसिया देवीराम रहेकी छन् । खेतमा काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार खेतमा जडान गरिएको मोटरको तार चुँडिएर करेन्ट प्रवाह हुँदा उनी करेन्टको सम्पर्कमा आएकी थिइन् ।

यसैगरी बिहिबार दिउँसो सिम्रौनगढ २ अमृतगन्जका रामेश्वर महतो कुशवाहाको पनि करेन्ट लागेर मृत्यु भएको छ । कुशवाहा आफ्नै बारीमा जडान गरिएको विद्युतीय मोटरमा पानी हाल्न जाँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीले नागरिकलाई यस्ता उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्