जीतपुरसिमराले दियो शोक विदा, विद्यालयहरू बन्द

सिमरा: जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रती दु:ख व्यक्त गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिएको छ ।
देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी विद्यार्थीको मृत्यु भएपछि उपमहानगरपालिकाले शैक्षिक संस्थामा शोक विदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्वारा जारी सूचनामा मृत्यु भएका विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा पठनपाठन बन्द गरिएको उल्लेख गरिएको छ ।