सप्तरीमा चोरी भएका चार मोटरसाइकलसहित सात जना पक्राउ


eShilalekh

२८ आश्विन २०८२, मंगलवार १३:१६

सप्तरीः सप्तरी प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका १५ का अनिल कुमार यादव, राज नारायण यादव, सचिन यादव, गजेन्द्र कुमार यादव, वडा नं. ११ का अजय कुमार यादव, वडा नं. १० का शिवनन्दन यादव र उदयपुरको बेलका नगरपालिका ९ का गणेश बहादुर विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीको नेतृत्वमा खटिएको टोलीले विस्तृत अनुसन्धानपछि चोरीमा संलग्न समूहलाई पक्राउ गर्न सफल भएको हो ।

विभिन्न ठाउँबाट मोटरसाइकल हराएको उजुरी परेपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान थालेको थियो ।

पक्राउ परेकाहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी पुरीका अनुसार पक्राउ परेकाहरूबाट बरामद मोटरसाइकलहरूको वास्तविक मालिक पत्ता लगाउने कार्य पनि जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्