एकता स्कुलमा ‘निजी विद्यालयमा सुशासन र पारदर्शिता’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


eShilalekh

२० मंसिर २०८२, शनिबार १६:४७

सिमराः बारामा निजी विद्यालयमा सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यसहित सिमरास्थित एकता स्कुलमा शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २६ वटा निजी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, महागढीमाई नगरपालिका र आदर्श कोतवाल गाउँपालिका क्षेत्रका विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति थियो। सहभागीहरूले निजी विद्यालयको शैक्षिक तथा वित्तीय व्यवस्थापनमा पारदर्शिता, अभिलेख व्यवस्थापन, उत्तरदायित्व र अभिभावक–विद्यालय समन्वयका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा निजी विद्यालयमा सुशासन सुनिश्चित गर्न आवश्यक नीतिगत स्पष्टता, अभिभावकसँग नियमित संवाद, कर तथा सरकारी दायित्वप्रति जिम्मेवार, सेवाशुल्कमा पारदर्शिता र शिक्षा गुणस्तर वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरिएको एकता स्कुलका संचालक दिवस न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा न्यौपाने र चार्टर एकाउन्टेन्ट सरोज भट्टले सहजीकरण गरेका थिए । भट्टले कर तथा सरकारी दायित्वका विषयमा सहजीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्