चिसो बढेपछि परवानीपुर गाउँपालिका भित्रका विद्यालयमा पाँच दिन बिदा

सिमराः बाक्लो हुस्सु र शितलहर बढेपछि परवानीपुर गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । चिसो अत्यधिक बढेपछि गाउँपलिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयमा पुष ७ गतेदेखि ११ गतेसम्मका लागि बिदा दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आइतबार सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा विदा दिएको जनाएका छन् । रौनियारले वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको जानकारी दिएका छन् ।





