निजगढ नगरपालिकाले थप्यो जाडो विदा, विद्यालय पुस १८ गतेसम्म बन्द हुने


eShilalekh

१५ पुष २०८२, मंगलवार १९:४४

सिमराः निजगढ नगरपालिकाले विद्यालयलाई दिएको जाडो विदा दुई दिन थप गरेको छ । चिसो र शितलहर बढ्दै गएपछि नगरपालिकाले पुस १४ गतेसम्मका दिइएको विदा बढाएको हो ।

नगरपालिकाले मंगलबार सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्मका लागि विदा थप गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्