कोल्हबी नगरपालिकाले दियो जाडो विदा, पुस १७ र १८ गते विद्यालय बन्द हुने


eShilalekh

१६ पुष २०८२, बुधबार १५:०२

सिमराः बाराको कोल्हबी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ । अत्यधिक चिसो बढेको भन्दै नगरपालिकाले बुधबार सूचना जारी गरेर दुई दिन विदा दिइएको जानकारी गराएको हो ।

नगरपालिकाले पुस १७ र १८ गते विदा दिएको छ । वर्षे विदाबाट कट्टा हुने गरी विदा दिइएको नगर प्रमुख रामप्रसाद चौधरीद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्