तस्वीरमा हेर्नुहोस् एमाले उम्मेदवार किसान श्रेष्ठको ‘क्रेज’


eShilalekh

१० फाल्गुन २०८२, आईतवार २०:१६

सिमराः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुलाई यतिबेला घरदैलो गर्न भ्याईनभ्याई छ । निर्वाचन आउन ११ दिन बाँकी हुँदा उम्मेदवारहरु तालिका बनाएर मतदाता माझ पुगिरहेका छन् ।

माघ ६ गते मनोनयन दर्ता गराएर निर्वाचनमा होमिएका उम्मेदवार ३४ दिनदेखि चुनावी प्रचारमा छन् । आफ्नो एजेण्डा र योजनासहित उम्मेदवारहरु मतदातामाझ पुगिरहँदा निर्वाचनमा रौनकता समेत थपिएको छ ।

आफ्ना कार्यकर्ता र समर्थक लिएर नाँचगानसहित घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले अबिर र माला लगाएर सम्मान समेत गरिरहेका छन् । जसले उम्मेदवार र कार्यकर्तामा समेत उत्साह थपेको छ ।

यसरी मतदातामाझ पुग्ने उम्मेदवारमध्येका एक हुन् नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) । श्रेष्ठ निर्वाचन आयोगले तोकेअनुसार फागुन ४ गतेदेखि घरदैलोमा व्यस्त छन् ।

घरदैलोमा उनको क्रेज बेग्लै देख्न सकिन्छ । निडर र हक्की स्वभावको परिचय बनाएका श्रेष्ठ २०७९ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । १० हजार भन्दा बढीको मतान्तरले निर्वाचित भएका श्रेष्ठ यो क्षेत्रका लागि नयाँ अनुहार होईनन् ।
उनी मतदातामाझ परिचित छन् । मतदाताले उनलाई चिनेका छन् । जसले गर्दा उनलाई मतदातामाझ पुग्न सहज भईरहेको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित भएयता श्रेष्ठले यस क्षेत्रमा विकासका पूर्वाधार ल्याउन, यस क्षेत्रका मुद्धा सदनमा उठाउन ठूलो भूमिका खेलेको मतदाताहरु बताउँछन् । त्यसैले पनि श्रेष्ठका लागि यो निर्वाचन थप सहज हुने मतदाताको आकलन छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ औराह घर भएका उम्मेदवार श्रेष्ठ पनि मतदाताको प्रतिक्रियाले उत्साहित देखिन्छन् । मतदातामा देखिएको उत्साहले आफू सम्मानजनक मतका साथ निर्वाचित हुने श्रेष्ठको दावी छ ।

प्रतिक्रिया दिनुहोस्