धनुषा: विजया दशमीका दिनदेखि बेपत्ता बालक साकेत मृत फेला


eShilalekh

१४ कार्तिक २०८३, शनिबार २०:१३

जनकपुर: धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा शनिबार मृत फेला परेका छन्।

नगराइन नगरपालिका-७ देवडिहास्थित घरबाट करिब साढे दुई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा बालकको शव फेला परेको हो।स्थानीयवासीले खेतमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनी यही कात्तिक ४ गते दशैंको टीकाको दिनदेखि सम्पर्कविहीन बनेका थिए।

बालक लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनको उजुरीका आधारमा प्रहरीले आसपासका गाउँ, पोखरी तथा झाडीहरूमा लगातार खोजी तीव्र पारेको थियो। बालकको मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्