केन्द्रीय कारागारबाट फरार लागूऔषध मुद्दाका दोषी पर्सामा पक्राउ


eShilalekh

१३ फाल्गुन २०८२, बुधबार ११:३५

सिमराः ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार सुन्धाराबाट गत भदौ २४ गते फरार भएका लागूऔषध मुद्दाका एक दोषीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका ३ हरिहरपुर बिर्ता टोलका ७४ वर्षीय रामचन्द्र महरा चमार रहेका छन् ।

उनी लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा सजाय काटिरहेका थिए । आन्दोलनका बेला उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै उनी कारागारको सुरक्षा घेरा तोडेर फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले महरालाई आफ्नै गृह जिल्ला पर्साको पोखरिया नगरपालिका ४ क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका महरामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्