महाकाली-मेची साइकल यात्रा: ६ दिनमा पथलैया आइपुगे यात्री


eShilalekh

१४ फाल्गुन २०८२, बिहीबार १०:४६

पथलैया: महाकालीदेखि मेचीसम्म साइकल यात्रामा निस्किएका आठ साइकल यात्रीको टोली बिहीबार पथलैया आइपुगेको छ। स्वास्थ्य सचेतनाको सन्देशसहित यात्रा गरिरहेका उनीहरू ६ दिनमा पथलैया आइपुगेका हुन् ।

सुदूरपश्चिमको महाकालीबाट कोशीको मेची पुग्ने लक्ष्यसहित हिँडिरहेका उनीहरूलाई पथलैयामा स्थानीय साइकल यात्रीले स्वागत र बिदाइ गरेका छन् । यस क्षेत्रका साइकल यात्रीमध्येका एक मिनप्रसाद आपागाईले यस्तो यात्राले युवालाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने बताए।

टोलीले पथलैयाबाट पूर्वतर्फको यात्रा निरन्तर राख्दै दुई दिनमा मेची पुग्ने लक्ष्य लिएको छ । टोलीमा मकवानपुर, पोखरा र कावासोतीका दुई महिला र आठ पुरुष सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्