बारा क्षेत्र नं. ३ अपडेटः रास्वपाका अरबिन्द साहको फराकिलो अग्रता

सिमराः बारा क्षेत्र नं. ३ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरबिन्द साहले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै अग्रता लिएका छन् ।
प्राप्त विवरण अनुसार २० हजार तीन सय २१ मत गणना हुँदा साहले १२ हजार सात सय ४४ मत प्राप्त गरेबा छन् भने नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले दुई हजार ९३८ मत प्राप्त गरेका छन् ।
यसैगरी जसपा नेपालका रामबाबु कुमार यादवले दुई हजार ३८ मत ल्याएका छन् भने जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले एक हजार दुई सय ३३ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार ज्वाला साहले आठ सय ५७ मत प्राप्त गरेकी छन् ।






