‘ग्लोबल मनी विक’ का अवसरमा सिमरामा प्रभातफेरी


eShilalekh

८ चैत्र २०८२, आईतवार १४:४५

सिमरा: ‘ग्लोबल मनी वीक २०२६’ को अन्तिम दिन आइतबार जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाले प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्। जीतपुरसिमरा बैंकर्स क्लबको अगुवाइमा विभिन्न बैंकका कर्मचारीहरूले प्रभातफेरीको आयोजना गरेका हुन् ।

कार्यक्रमका क्रममा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि गर्ने सन्देशमूलक नारा र प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए। ‘ग्लोबल मनी वीक’ को अवसरमा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

चैत २ गतेदेखि सुरु भएको ‘ग्लोबल मनी वीक’ को यो चौधौं संस्करण हो। नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विक आयोजना गरेको हो।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस कार्यक्रममार्फत वित्तीय ज्ञान र सीप विकासमा जोड दिइन्छ। बैंकिङ तथा वित्तीय सेवा, पुँजी बजार, बीमा र सहकारी क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ग्लोबल मनी वीक’ मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्