जीतपुरसिमराका नगर प्रमुख र उपप्रमुखले गरे हुरी प्रभावित क्षेत्रको निरीक्षण (तस्वीरहरु)

नगर प्रहरीले पन्छाए अवरोध
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखले हुरी प्रभावित क्षेत्रको आइतबार निरीक्षण गरेका छन् । नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी नगर प्रहरीको टोलीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।
टोलीमा जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा र वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ समेत सहभागी थिए । निरीक्षणका क्रममा नगर प्रहरीले रुख ढलेर अवरुद्ध बाटो समेत सूचारु गराएका थिए ।

शनिबार साँझ आएको भीषण हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा धेरै क्षति भएको थियो । उक्त वडाको बिरेदमार, मुलखोला, चकरी, नयाँबस्तीमा ४५ घरमा क्षति पुगेको छ भने सयौं जना बिचल्लीमा परहेका छन् । बिरेदमार गाउँमा मात्रै २६ घरमा क्षति पुगेको छ ।

हुरीले केही स्थानीयको घर भत्काएको छ भने केहीको छाना उडाएको छ । केही स्थानमा भने ठूला रुख ढलेका कारण सडक अवरुद्ध बनेको थियो । । विद्युत सेवा अझै अवरुद्ध छ । जसका कारण स्थानीय समस्यामा परेका छन् ।
यसअघि बारा क्षेत्र नं. ४ का सांसद रहबर अन्सारीले बिरेदमार पुगेर हुरीले पुर्याएको क्षतिको निरीक्षण गरेका थिए ।
यो पनि पढ्नुहोस्ः






