महोत्तरीमा चोरसँग प्रतिवाद गर्दा एक दम्पतीमाथि गोली प्रहार, दुवैजना घाइते


eShilalekh

२० जेष्ठ २०८३, बुधबार १२:१३

महोत्तरीः महोत्तरीको सोनमा गाउँपालिका ३ खखना दक्षिणबारी टोलमा मंगलबार राति चोरी गर्न आएका अज्ञात समूहसँग प्रतिवाद गर्दा एक दम्पतीमाथि गोली प्रहार भएको छ।

घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जनाको अपरिचित समूहलाई रोक्न खोज्दा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको हो ।

अपराधीहरूको प्रतिकार गर्ने क्रममा गोली लागेर घाइते भएका दुवैजनालाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई जनकपुर पठाइएको छ ।

घटना लगत्तै प्रहरीले घटनास्थलको निरीक्षण गर्दा त्यहाँबाट एक थान गोलीको खोका बरामद गरेको छ ।

उक्त हिंसात्मक घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्