कांग्रेस बारा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा यादव चयन

सिमराः नेपाली कांग्रेस बारा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उपेन्द्र यादव चयन भएका छन् । बरियारपुरमा सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनले यादवलाई क्षेत्रीय सभापतिमा चयन गरेको हो ।
यादव महागढीमाई नगरपालिकाका नगर प्रमुख हुन् । यसैगरी क्षेत्र नं. २(१) को सभापतिमा शशिकान्त मिश्र र २(२) को सभापतिमा ललन यादव चयन भएका छन् ।
यसैगरी अधिवेशनले ३३ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । खुल्ला, समानुपातिक, महिला, ३५ वर्ष मुनीको युवा, दलित, श्रमीक, अपाङ्ग, अल्पसङ्ख्यक, पेशागत विज्ञ, स्वतन्त्र सेनानी क्लस्टर ३३ जना महाधिवेशन चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधि चयन हुनेमा राजेश रौनियार, सार्थक पौडेलगायत रहेका छन् ।







