दुधौरा खोलानजिक वृद्ध मृत अवस्थामा फेला

सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै रहेको काँसघारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्ने व्यक्ति अमलेखगञ्ज निवासी करिब ८२ वर्षीय कृष्ण बल रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले बिहीबार बिहान शव देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का गरि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो ।
पोस्टमार्टमपछि शव मृतकका छोरा सूर्य लामाले बुझेका छन् । प्रहरीका अनुसार बल लामो समयदेखि उच्च रक्तचापका बिरामी थिए । उनी विगत दुई दिनदेखि परिवारको सम्पर्कमा नरहेको खुलेको छ ।







