संगालो सहकारीद्धारा आयोजित कार्यक्रममा ७० जनाले गरे रगत दान

सिमरा: संगालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा शनिबार सिमरास्थित विकासशील चोकमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वका साथ मनाउने उद्देश्यले आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा धनञ्जय थोकर, रमेश थापा, विष्णु सापकोटा, श्याम सुवेदी, कृष्ण तिमिल्सिना, नेत्र दाहाल, विनोद अधिकारी, दीपक कार्की, राजदास श्रेष्ठ, सन्तोष श्रेष्ठ, सुशिला कार्की, सुरेन्द्र थापा, राजेश पुन, निरोज पुडासैनी, मनोज अधिकारी, अर्पणा ढकाल, सरोज लामा, राजकुमार थापा, नरेन्द्र तामाङ, बिजय राउत, बासुदेव अधिकारीलगायतले रगत दान गरेका थिए ।
कार्यक्रमलाई रक्तसञ्चार केन्द्र, वीरगन्ज तथा नेपाल रेडक्रस सोसाइटी, वीरगन्जले प्राविधिक सहयोग पुर्याएको थियो । पछिल्लो समय अस्पतालहरूमा रगतको चरम अभाव भइरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको हो ।
यतिबेला भइरहेको रगतको अभावकाबीच यो कार्यक्रमले अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ । यस्ता रक्तदान कार्यक्रमहरू अन्य विभिन्न स्थानहरूमा पनि निरन्तर रूपमा आयोजना गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।







