पर्साको जगरनाथपुरबाट एक सय किलो गाँजा बरामद

वीरगन्जः पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका ३ मुरैया चोक नजिकबाट एक सय किलो गाँजा बरामद गरेको छ । खेतमा चामलको बोरामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गरेपनि प्रहरीले कारोवारीलाई पनि पक्राउ गरेको छैन ।
गाँजा ओसारपसारमा संलग्न रहेका समूहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।







