रौतहटमा लागूऔषध गाँजासहित दुई जना पक्राउ

रौतहटः रौतहट प्रहरीले करिब पाँच किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ का २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका ४ गढवा क्षेत्रमा बीआर ०५ एस ६६०९ नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा पाँच किलो ५५ ग्राम लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार बरामद लागूऔषध गाँजा, एक थान मोबाइल र प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएकोे छ ।







