सर्लाहीको बागमतीमा एक वृद्धा मृत अवस्थामा फेला

सर्लाहीः सर्लाहीको बागमती नगरपालिकामा मङ्गलबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।
बागमती नगरपालिका ९ स्थित हनुमान सामुदायिक वन नजिक पोखरीको डिलमा रामनगर गाउँपालिका ६ मलघटा टोलकी अन्दाजी ८० वर्षीया हँसियादेवी महराको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ ।







