बारामा १८ वर्षपछि हत्याका आरोपी पक्राउ, पूर्पक्षका लागि थुनामा


eShilalekh

३ असार २०८३, बुधबार १३:०८

सिमराः बारामा १८ वर्षअघि भएको एक हत्या घटनाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

साविक बतरा गा.वि.स. वडा नं. ४ (हाल फेटा गाउँपालिका वडा नं. ४, बत्रा टोल) का ४५ वर्षीय गोपाल मुखिया बिनको हत्यामा संलग्न रहेको अभियोगमा ३८ वर्षीय विनेश महतो पक्राउ परेका छन् ।

वि.सं. २०६५ साल कार्तिक २६ गते पुरानो रिसइबीको फाइदा उठाउँदै प्रतिवादीहरूले गोपाल मुखिया बिनको घाँटी रेटी हत्या गरेका थिए । उक्त घटनामा संलग्न रही लामो समयदेखि फरार रहेका आरोपी महतोलाई प्रहरीले यही मिति २०८३ साल जेठ ६ गते पक्राउ गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।

पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालत पेश गरिएकोमा बारा जिल्ला अदालतको मिति २०८३ साल असार २ गतेको आदेशले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्