प्रोग्रेस एजुकेशन एकेडेमीको कक्षा १२ मा पनि शतप्रतिशत नतिजा


eShilalekh

७ असार २०८३, आईतवार १५:३९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित प्रोग्रेस एजुकेशन एकेडेमीले कक्षा १२ को परीक्षाफलमा समेत शतप्रतिशत नतिजा ल्याएको छ । २०८२ को एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको विद्यालयले यस वर्ष कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याएको हो ।

परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये २ जनाले ए प्लस, ७ जनाले ए, ५ जनाले बी प्लस र ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्। पहिलो ब्याचमै विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको शिक्षक रञ्जित सापकोटाले बताए ।

२०८१ सालमा नगरबाट कक्षा ११ सञ्चालनको अनुमति प्राप्त गरेको विद्यालयले पहिलो पटक कक्षा १२ मा आफ्ना विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराएको थियो । विद्यालयले प्रभावकारी व्यवस्थापन, गुणस्तरीय सिकाइ, विद्यार्थीको लगनशीलता तथा अनुशासित वातावरणलाई आफ्नो सफलताको प्रमुख आधार मानेको छ।

यसअघि उपमहानगरपालिकाले सञ्चालन गरेको २०८१ सालको कक्षा ८ को परीक्षामा समेत विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो । विद्यालयको निरन्तर सफलताले विद्यालयप्रति विश्वास बढ्दै गएको शिक्षकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्