पथलैया-वीरगन्ज सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका-६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् ।
वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५:३० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा बिहान ७ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले जानकारी दिएका छन् ।







