वर्षाले सिमरास्थित इलाका प्रशासन कार्यालय परिसर जलमग्न

सिमराः बाराको सिमरास्थित इलाका प्रशासन कार्यालय शुक्रबार परेको अविरल वर्षाका कारण जलमग्न बनेको छ। भारी वर्षासँगै सहजै पानी निकास नहुँदा कार्यालय परिसरमा पानी जमेको हो ।
परिसरमा जमेको पानी कार्यालय भवनभित्रसमेत प्रवेश पसेपछि सेवा प्रवाह प्रभावित भएको छ । कार्यालयभित्र पानी पसेपछि कर्मचारीहरूले कागजात तथा अन्य सामग्री सुरक्षित स्थानमा सारेका छन् ।
सिमरा क्षेत्रमा अहिले पनि चट्याङसहित भारी वर्षा भइरहेको छ । वर्षाका कारण सिमरा विमानस्थलको हवाई उडान समेत प्रभावित बनेको छ ।







