मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित


eShilalekh

१५ श्रावण २०८३, शुक्रबार १४:५०

सिमराः मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो सत्रको परीक्षा स्थगित भएको छ ।

व्यवस्थापन संकाय, डीनको कार्यालयले एक सूचना जारी गर्दै पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुन लागेको मार्केटिङ्ग म्यानेजमेन्ट विषयको परीक्षा विशेष कारणवश मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा स्थगित गरिएको जनाएको छ ।

स्थगित भएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज रहेका छन् ।

डीनको कार्यालयले स्थगित गरिएको परीक्षाको नयाँ मिति पछि प्रकाशन गरिने र उक्त विषयबाहेक अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्