जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता महासंघको उद्योग समिति सदस्यमा मनोनित

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।
महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठित उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यको रूपमा चयन गरिएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गुप्तालाई मनोनयन गरिएको पत्र प्रदान गरेका हुन् ।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उद्योग समितिमार्फत महासंघलाई सशक्त रूपमा अगाडि बढाउन र समग्र औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। समितिलाई थप क्रियाशील बनाउन गुप्ताको पूर्ण सहयोग रहने अपेक्षा महासंघले राखेको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका गुप्ता लामो समयदेखि उद्योगी, व्यवसायीहरूको हकहितका लागि सक्रिय छन् ।







