भायानेटले सिमराका लागि माग्यो दुई जना ‘एरिया सेल्स रिप्रिजेन्टेटिभ’


eShilalekh

१ भाद्र २०८३, सोमबार १४:३०

सिमराः इन्टरनेट तथा टिभी सेवा प्रदायक संस्था भायानेट कम्युनिकेशनले सिमरा शाखाका लागि एरिया सेल्स रिप्रिजेन्टेटिभ पदमा आवेदन खुल्ला गरेको छ । भायानेटले सिमरा शाखा कार्यालय अन्तर्गत रहेर काम गर्नका लागि दुई जना एरिया सेल्स रिप्रिजेन्टेटिभ कर्मचारी माग गरेको हो ।

उक्त पदमा काम गर्न इच्छुक आवेदकले तत्काल [email protected] मा आवेदन दिन सक्नेछन् भने ९८०२३४१९८७ र ९८०२३४२५८२ सम्पर्क गरेर जानकारी लिन सक्नेछन् । उक्त पदका लागि छानिएका उम्मेदवारलाई मासिक २३ हजार तलब र आकर्षक इन्सेन्टिभको व्यवस्था गरिएको भायानेटले जनाएको छ ।

आवेदन दिनका आवेदकले न्युनतम कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। सवारी चालक अनुमतिपत्र रहेका आवेदकलाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्