जीतपुरसिमराकी पुरी महासंघको सीप विकास तथा रोजगार समितिको आमन्त्रित सदस्यमा मनोनीत


eShilalekh

१७ भाद्र २०८३, बुधबार १८:४४

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघकी कोषाध्यक्ष रिना रौनियार पुरी नेपाल उद्योग वाणिज्य महासंघको ‘सीप विकास तथा रोजगार समिति’को आमन्त्रित सदस्य पदमा भएकी छन् । पुरीलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौंको टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

महासंघले पुरीको व्यावसायिक क्षेत्रको अनुभव र सक्रियताले समितिलाई थप प्रभावकारी र गतिशील बनाउने विश्वास लिएको छ । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकास, सीप प्रवर्द्धन तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने कार्यमा निजी क्षेत्रका तर्फबाट रचनात्मक सल्लाह, सुझाव र सक्रिय सहभागिता रहने अपेक्षा महासंघले राखेको छ ।

संघले कार्यकारिणी समिति सदस्य नानीराज घिमिरेको सभापतित्वमा उक्त समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्