जीतपुरसिमराकी पुरी महासंघको सीप विकास तथा रोजगार समितिको आमन्त्रित सदस्यमा मनोनीत

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघकी कोषाध्यक्ष रिना रौनियार पुरी नेपाल उद्योग वाणिज्य महासंघको ‘सीप विकास तथा रोजगार समिति’को आमन्त्रित सदस्य पदमा भएकी छन् । पुरीलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौंको टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
महासंघले पुरीको व्यावसायिक क्षेत्रको अनुभव र सक्रियताले समितिलाई थप प्रभावकारी र गतिशील बनाउने विश्वास लिएको छ । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकास, सीप प्रवर्द्धन तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने कार्यमा निजी क्षेत्रका तर्फबाट रचनात्मक सल्लाह, सुझाव र सक्रिय सहभागिता रहने अपेक्षा महासंघले राखेको छ ।
संघले कार्यकारिणी समिति सदस्य नानीराज घिमिरेको सभापतित्वमा उक्त समिति गठन गरेको थियो ।





