टिपरको ठक्करबाट जीतपुरसिमरा–१६ का एक शिक्षकको मृत्यु

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा–पिलुवा सडकको बीचमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन् ।
पिलुवाबाट प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई निजगढतर्फ जाँदै गरेको ना१अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो । घटनालगत्तै चौरेललाई गण्डकस्थित बयोधा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएको छ । चौरेल कलैया उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा अध्यापन गराउने शिक्षक रहेको स्थानीयले जानकारी दिएका छन् ।







