वीरगन्ज–रक्सौल सीमामा ११ किलो चरेससहित एक नेपाली पक्राउ


eShilalekh

१८ आश्विन २०८३, आईतवार १३:५८

वीरगन्जः वीरगन्ज-रक्सौल नाकास्थित मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका छपकैयाका ३९ वर्षीय अमर चौधरी रहेका छन् ।

वीरगन्ज नाका हुँदै भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको नेतृत्वमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ सीमा क्षेत्रमा विशेष चेकजाँच सञ्चालन गरेको थियो ।

जाँचका क्रममा वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सालाई रोकेर खानतलासी गर्दा बोराभित्र २२ वटा कालो प्लास्टिकका प्याकेटमा लुकाएर राखिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

चरेस र ई-रिक्सासहित पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्