कांग्रेस युवा नेतृ मेघा शाहीले दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

सिमराः नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले काठमाडौंमा जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ निवासी मेघाले मधेस प्रदेश भूगोलतर्फको महिला केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी हुन्।
संगठन सुदृढीकरण, युवा पुस्ताको अर्थपूर्ण सहभागिता, महिलाको नेतृत्व र नयाँ पुस्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म मजबुत रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको मेघाको भनाइ छ ।
संविधानसभा सदस्य मधु शाहीकी छोरी मेघा कांग्रेसको राजनीतिमा सक्रिय छिन् । यसअघि उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख पदमा उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा उनी पराजित भएकी थिइन् ।







