वीरगन्जबाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

सिमरा: वीरगन्जबाट आइतबार राति प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको मोतिहारी मिश्र कोलोनी डंकन रोड-७ का २८ वर्षीय रितेश कुमार रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई सिर्सियामा जाँच गर्ने क्रममा उनलाई पाँच ग्राम ६९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।







