सिराहाबाट लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

सिमराः प्रहरीले सिराहाको मार्डरबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु लागूऔषध कारोबारी रहेको प्रहरीको भनाइ छ ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट तीन सय ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोको भनाइ छ ।





