बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको सरुवा, कुमार बिक्रम थापा आउँदै


eShilalekh

८ मंसिर २०८३, मंगलवार २२:४५

सिमरा: जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरका ६० जना प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने क्रममा कुँवरको सरुवा गरेको हो ।

प्रहरी उपरीक्षक कुँवरलाई कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेतमा सरुवा गरिएको छ । उनको स्थानमा प्रहरी उपरीक्षक कुमार बिक्रम थापा आउने भएका छन् । थापा नेपाल प्रहरी अस्पताल महाराजगन्जको प्रशासन शाखामा कार्यरत थिए । 

प्रतिक्रिया दिनुहोस्