दशौं राष्ट्रिय खेलकुदमा मधेसलाई पहिलो पदक


eShilalekh

११ मंसिर २०८३, शुक्रबार १८:५०

सिमराः कर्णाली प्रदेशको सुर्खेतमा जारी १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशले पदकको खाता खोलेको छ । शारीरिक सुगठनमा पर्साका हरिनारायण साहले मधेसलाई पहिलो पदक दिलाएका हुन् ।

साहले मेन्स क्लासिक बडिबिल्डिङतर्फ कांस्य पदक जित्न सफल भएका छन् । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबका अनिश रसाईलीले स्वर्ण पदक हात पार्दा लुम्बिनी प्रदेशका वीजेन्द्रमान श्रेष्ठले रजत पदक जितेका छन् ।

कांस्य पदक विजेता साह पर्साको बहुदरमाई नगरपालिका–६ गम्हरियाका हुन् ।

प्रतिक्रिया दिनुहोस्