कर समायोजनसंगै पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

११ असार २०७९, शनिबार १३:१७

सिमराः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिवार राती १२ बजेदेखी लागु हुने गरी सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा प्रति लिटर २८ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसंगै पेट्रोल प्रति लिटर एक सय ७९ र र डिजेल प्रति लिटर एक सय ६३ रुपैयाँ प्रति लिटर कामय भएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि चर्को विरोध भएपछि सरकारले ५० प्रतिशत कर समायोजन गरेर मूल्य घटाएको हो ।

तस्विरः गुगल

प्रतिक्रिया दिनुहोस्