जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको उधोगतर्फको उपाध्यक्षमा साह निर्वाचित


eShilalekh

१२ असार २०७९, आईतवार ००:४४

सिमरा: जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको उधोग तर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् ।

उधोग तर्फको मतगणना हुँदा साह ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सोही पदका प्रत्यासी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका छन् ।

साह ओमप्रकाश गुप्ता प्यानलका उम्मेदवार हुन् भने गुप्ता मनोज गुप्ता प्यानलका उम्मेदवार हुन् ।

यसैगरी उधोग तर्फको सदस्यमा राकेशकुमार गुप्ता, राजेश कुमार साह र रिना रौनियार पुरी निर्वाचित भएका छन् । गुप्ता ५७ मत, साह ५६ मत र पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

सोही पदका उम्मेदवार लक्ष्मण साहले ३६ र श्रवन प्रधानले २३ मत प्राप्त गरेका छन् ।

उधोग तर्फ खसेको ८२ र एसोसियटतर्फ खसेको तीन मत गरि ८५ मत गणना हुँदा बरिस्ठ उपाध्यक्षमा ओमप्रकाश गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २६ प्राप्त गर्दा सो पदका अन्य उम्मेदवार मनोज कुमार गुप्ताले २१, रामचन्द्र पौडेलले २१, दिनेशप्रसाद कलवारले १५ प्राप्त गरेका छन् ।

यसैगरी महासचिव पदमा प्रकाश गिरीले अग्रता लिएका छन् । गिरीले ३८ मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले २८ र अनिल तिवारीले १७ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्ष पदमा रामबाबु कलवारले ५० मत ल्याउदै अग्रता लिदा अमर यादवले ३३ मत प्राप्त गरेका छन् ।

उधोगतर्फको मतगणना सम्पन्न भएसंगै अब वाणिज्यतर्फको मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्