नगर उद्योग वाणिज्य संघको ६०० मत गणना, बरिष्ठ उपाध्यक्षमा गुप्ताको अग्रता (मतपरिणामसहित)


eShilalekh

१२ असार २०७९, आईतवार १४:०७

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनको मतगणना अहिले जारी छ । संघको कार्यालयमा जारी मतगणनामा हालसम्म ६ सय मत गणना हुँदा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ताले अग्रता कायम राखेका छन् ।

निर्वाचन कमिटीले दिएको जानकारी अनुसार गुप्ताले २३० मत प्राप्त गरेका छन् । सोही पदका अर्का उम्मेदवार ओमप्रकाश गुप्ताले १७९ मत, रामचन्द्र पौडेलले १६२ मत, दिनेशप्रसाद कलवारले ८९ र अनिलकुमार साहले ७ मत प्राप्त गरेका छन् ।

यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २१० मत प्राप्त गर्दा मोहन साह कलवारले १३८ मत, अर्जुन लम्सालले ११० मत, सन्तोषकुमार गुप्ताले ८९ मत र रामायणप्रसाद साहले ९ मत प्राप्त गरेका छन् ।

संघको महासचिव पदमा प्रकाश गिरिले फराकिलो अग्रता लिएका छन् । गिरीले ३५० मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले १९१ मत र अनिल तिवारीले १२८ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा रामबाबु कलवारले पनि फराकिलो मतान्तरले अग्रता लिएका छन् । कलवारले ४११ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले २३० मत प्राप्त गरेका छन् ।

वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले १४८ मत प्राप्त गर्दै अग्रता लिएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १३७ मत, गिता शर्माले ९८ मत, श्यामबाबु साहले ७८ मत, शान्ताकुमारी बजगाई (रिना) ले ५१ मत र रमेश खरेलले ३८ मत प्राप्त गरेका छन् ।

जारी मतगणनाको प्राप्त मतपरिणाम अनुसार वाणिज्यतर्फको सदस्य पदमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेलले अग्रता लिएका छन् ।

कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । उद्योग र एसोसियटतर्फको मतगणना सम्पन्न भईसकेको छ भने वाणिज्यतर्फको अब दुई सय ९२ मत गणना हुन बाँकी छ ।
हालसम्म गणना भएको वाणिज्यतर्फको ६०० मतको मतपरिणामः
वरिष्ठ उपाध्यक्ष:
मनोजकुमार गुप्ताः २३० (अग्रता)
ओमप्रकाश गुप्ताः १७९
रामचन्द्र पौडेलः १६२
दिनेशप्रसाद कलवारः ८९
अनिलकुमार साहः ७

उपाध्यक्ष (वाणिज्य)
गजेन्द्रप्रसाद गुप्ताः २१० (अग्रता)
मोहन साह कलवारः १३८
अर्जुन लम्सालः ११०
सन्तोषकुमार गुप्ताः ८९
रामायणप्रसाद साहः ९

महासचिवः
प्रकाश गिरीः ३५० (अग्रता)
लक्ष्मण अधिकारीः १९१
अनिल तिवारीः १२८

कोषाध्यक्षः
रामबाबु कलवारः ४११ (अग्रता)
अमरप्रसाद यादवः २३०

सचिव (वाणिज्य):
विष्णुप्रसाद अधिकारीः १४८ (अग्रता)
कृष्णप्रसाद साहः १३७
गिताकुमारी शर्माः ९८
श्यामबाबु साहः ७८
शान्ताकुमारी बजगाई (रिना): ५१
रमेश खरेलः ३८

सदस्य (वाणिज्य):
सन्तोष कुशवाहाः ३०७ (अग्रता)
आशा दाहालः २५८ (अग्रता)
विन्देश्वरीप्रसाद साहः २३३ (अग्रता)
राजुप्रसाद साहः २३३ (अग्रता)
तसौवर हुसेनः २४२ (अग्रता)
प्रदीप कुमारः २०४ (अग्रता)
रिता कँडेल: १८८ (अग्रता)
अनिलकुमार विश्वकर्माः १२८
अमृत बस्यालः १८०
कृष्ण लामिछानेः ८६
कृष्ण सिग्देलः १३३
गंगाधर ढकालः १०९
ठाकुरप्रसाद खतिवडाः १२३
नारायण सिंखडाः १४९
निलम साहः ४९
प्रेमप्रसाद साहः १४३
मनोज साहः ८२
रजनी अधिकारीः ११९
राजेन्द्र गौतमः ७९
रामप्रसाद गौतमः १३९
रेनुका गिरीः ९९
रेवती देवकोटाः १५३
सावित्री गिरीः १०४

हालसम्मको अन्तिम मतपरिणामः
अध्यक्ष:

मोहन शर्मा लामिछाने (निर्विरोध निर्वाचित)

उपाध्यक्ष (उद्योग):
बिजयकुमार साहः ४७ मत (निर्वाचित)
दीपक गुप्ताः ३२ मत

सचिव (उद्योग):
मुकेश साह (निर्विरोध निर्वाचित)

सदस्य (उद्योग):
राकेशप्रसाद गुप्ताः ५७ मत (निर्वाचित)
राजेशकुमार प्रसाद साहः ५६ मत (निर्वाचित)
रिना रौनियार पुरीः ५५ मत (निर्वाचित)
लक्ष्मण साहः ३६ मत
सरवन प्रधानः २३ मत

प्रतिक्रिया दिनुहोस्