नगर उद्योग वाणिज्य संघको ७०० मत गणना सम्पन्न: गुप्ताको अग्रता कायमै, कोषाध्यक्षमा कलवारको जित सुनिश्चित


eShilalekh

१२ असार २०७९, आईतवार १५:४७

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनको मतगणना अहिले जारी छ । संघको कार्यालयमा जारी मतगणनामा हालसम्म सात सय मत गणना हुँदा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ताले ५४ मतान्तरले अग्रता कायम राखेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदमा गुप्ताले २६० मत प्राप्त गर्दा सोही पदका अन्य उम्मेदवार ओमप्रकाश गुप्ताले २०६ मत, रामचन्द्र पौडेलले १८९ मत, दिनेशप्रसाद कलवारले १०२ र अनिलकुमार साहले ९ मत प्राप्त गरेका छन् ।

यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ताले ७४ मतले अग्रता लिएका छन् । गुप्ताले २३८ मत प्राप्त गर्दा मोहन साह कलवारले १६४ मत, अर्जुन लम्सालले १३० मत, सन्तोषकुमार गुप्ताले १०७ मत र रामायणप्रसाद साहले १२ मत प्राप्त गरेका छन् ।

संघको महासचिव पदमा प्रकाश गिरिले फराकिलो अग्रता कायम राखेका छन् । गिरीले ३९३ मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले २२२ मत र अनिल तिवारीले १४९ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचत हुने निश्चित भएको छ । एक सय ९२ मत गणना हुन बाँकी हुदा कलवारले २१९ मतले अग्रता लिएका छन् । कलवारले ४७५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले २५६ मत प्राप्त गरेका हुन् ।

रामबाबु कलवार

वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले १७६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १६० मत, गिता शर्माले ११२ मत, श्यामबाबु साहले ९० मत, शान्ताकुमारी बजगाई (रिना) ले ६० मत र रमेश खरेलले ४९ मत प्राप्त गरेका छन् ।

जारी मतगणनाको प्राप्त मतपरिणाम अनुसार वाणिज्यतर्फको सदस्य पदमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कंडेल अग्रता लिएका छन् ।

कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो ।

हालसम्म गणना भएको ७०० मतको मतपरिणामः
वरिष्ठ उपाध्यक्ष:
मनोजकुमार गुप्ताः २६० (अग्रता)
ओमप्रकाश गुप्ताः २०६
रामचन्द्र पौडेलः १८९
दिनेशप्रसाद कलवारः १०२
अनिलकुमार साहः ९

उपाध्यक्ष (वाणिज्य):
गजेन्द्रप्रसाद गुप्ताः २३८ (अग्रता)
मोहन साह कलवारः १६४
अर्जुन लम्सालः १३०
सन्तोषकुमार गुप्ताः १०७
रामायणप्रसाद साहः १२

महासचिवः
प्रकाश गिरीः ३९३ (अग्रता)
लक्ष्मण अधिकारीः २२२
अनिल तिवारीः १४९

कोषाध्यक्षः
रामबाबु कलवारः ४७५ (अग्रता)
अमरप्रसाद यादवः २५६

सचिव (वाणिज्य):
विष्णुप्रसाद अधिकारीः १७६ (अग्रता)
कृष्णप्रसाद साहः १६०
गिताकुमारी शर्माः ११२
श्यामबाबु साहः ९०
शान्ताकुमारी बजगाई (रिना): ६०
रमेश खरेलः ४९

सदस्य (वाणिज्य):
सन्तोष कुशवाहाः ३५४ (अग्रता)
आशा दाहालः २९७ (अग्रता)
तसौवर हुसेनः २७४ (अग्रता)
राजुप्रसाद साहः २७४ (अग्रता)
विन्देश्वरीप्रसाद साहः २७१ (अग्रता)
प्रदीप कुमारः २३८ (अग्रता)
रिता कंडेलः २११ (अग्रता)
अमृत बस्यालः २११ (अग्रता)
गंगाधर ढकालः १३०
राजेन्द्र गौतमः ९८
निलम साहः ५९
अमृत बस्यालः २११
रेवती देवकोटाः १७८
ठाकुरप्रसाद खतिवडाः १५५
प्रेमप्रसाद साहः १६६
अनिलकुमार विश्वकर्माः १५०
मनोज साहः ९५
कृष्ण सिग्देलः १५७
कृष्ण लामिछानेः १००
रामप्रसाद गौतमः १६८
रजनी अधिकारीः १३१
रेनुका गिरीः ११६
सावित्री गिरीः ११८
नारायण सिंखडाः १८०

हालसम्मको अन्तिम मतपरिणामः
अध्यक्ष:
मोहन शर्मा लामिछाने: (निर्विरोध निर्वाचित)

उपाध्यक्ष (उद्योग)
बिजयकुमार साहः ४७ मत (निर्वाचित)
दीपक गुप्ताः ३२ मत

सचिव (उद्योग):
मुकेश साह: (निर्विरोध निर्वाचित)

सदस्य (उद्योग):
राकेशप्रसाद गुप्ताः ५७ मत (निर्वाचित)
राजेशकुमार प्रसाद साहः ५६ मत (निर्वाचित)
रिना रौनियार पुरीः ५५ मत (निर्वाचित)
लक्ष्मण साहः ३६ मत
सरवन प्रधानः २३ मत

प्रतिक्रिया दिनुहोस्