जीतपुरसिमरा बैंकर्स क्लब गठन


eShilalekh

१२ श्रावण २०७९, बिहीबार १६:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिको भेलाले बैंकर्स क्लब गठन गरेको छ। बैंक तथा वित्तिय संस्थाहरुबीच सहकार्य र समन्वयका लागि जीतपुरसिमरा बैंकर्स क्लब गठन भएको हो ।

सिमरामा सम्पन्न भेलाले सिद्धार्थ बैंकका प्रवन्धक कृष्णप्रसाद गौतमको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी बैंकका सुमन दत्त, सचिवमा महालक्ष्मी विकास बैंक सिमराका प्रवन्धक पुरुषोत्तम अधिकारी, सहसचिवमा माछापच्छ्रे बैंकका रोशन न्यौपाने र कोषाध्यक्षमा गुहेश्वरी मर्चेन्ट एण्ड फाईनान्सका युवराज राई रहेका छन् ।

समितिमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिलाई सदस्य बनाएर क्लबलाई बिस्तार गरिने बताइएको छ । क्लबले उपमहानगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थालाई एकत्रित गरी बैंकिङ तथा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्