सक्षम इन्टरप्राईजेजले सुरु गर्यो सिमरामा बजाज बाईकको विक्री


eShilalekh

१ आश्विन २०७९, शनिबार २१:५०

सिमराः सक्षम इन्टरप्राईजेजले सिमरामा बजाज कम्पनीको मोटरसाईकलको बिक्री सुरु गरेको छ । आधिकारिक विक्रेताको रुपमा सक्षम इन्टरप्राईजेजले बजाजका मोटसाईकको विक्री सुरु गरेको हो ।

सक्षमले हालै बजारमा आएको १२५ सिसिको एनएस मोटरसाईकल समेत लन्च गरेको छ । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीको अगाडी अवस्थित इन्टरप्राईजेले दुई लाख ७९ हजार नौ सय पर्ने १२५ सिसिको एनएस मोटरसाईकल लन्च गरेको हो ।

मोटरसाईकलको लन्चिङ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले गरेका थिए । मोटरसाईकलको लन्च गर्दै श्रेष्ठले सिमरामा बजाजको आधिकारिक विक्रेता संचालन हुँदा उक्त कम्पनीको मोटरसाईकल प्रयोगकर्तालाई लाभ मिल्ने बताए ।

सक्षम इन्टरप्राईजेज सिमराका युवा व्यवसायी शिवहरी गौतमले संचालन गरेका हुन् । उक्त इन्टरप्राईजेज संचालन भएसंगै अब बजाज कम्पनीका मोटरसाईकल प्रयोगकर्ताले सिमराबाटै खरिदबिक्री, सर्भिसिङ र मर्मतका काम गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्