जीतपुरमा खुल्यो ड्रिम्स ताजको ‘मेगा मार्ट’


eShilalekh

१८ भाद्र २०७८, शुक्रबार १६:४८


जीतपुर : आधुनिक रेष्ट्रो संचालन गर्दै आएको ड्रिम्स ताजले जीतपुरमा मेगा मार्ट पनि संचालनमा ल्याएको छ । ड्रिम्स ताज रेष्ट्रो सुरुवात गरेको एक वर्षपछि करौडोको लगानीमा मेगा मार्ट संचालनमा ल्याइएको हो ।


‘ड्रिम्स ताज मेगा मार्ट’ नाम दिइएको उक्त मार्ट जीतपुरस्थित गिरी मार्केटमा संचालन गरिएको छ । एकै ठाउॅबाट किराना, खाद्यान्न, कस्मेटिक, गिफ्ट, खेलौनालगायत सम्पूणर् सामान उलपब्ध हुने गरी मार्ट संचालनमा ल्याइएको संचालक विनोदप्रसाद गुप्ता बताउछन् ।


‘हाम्रो उदेश्य ग्राहकलाई आवश्यक पर्ने घरायसी सामान एकै ठाउॅबाट उलपब्ध गराउनु हो’ संचालक गुप्ताले भने ‘यहॉ आएपछि दैनिक प्रयोजनका किराना, खाद्यान्न, कस्मेटिकका सामान एकै ठाउॅमा किन्न सकिन्छ ।’ त्यसबाहेक आईसक्रिम, खेलौना, गिफ्टलगायतका सामान पनि बजार भन्दा सस्तो मूल्यमा खरिद गर्न सकिने गुप्ताले बताए ।


मार्ट संचालनपछि ग्राहकले शान्त र पारिवारिक वातावरणमा सामान खरिद गर्न सक्ने वातावरण बनेको गुप्ताको भनाई छ । उनले मार्ट संचालनमा करोडौ लगानी गरेका छन् । ‘हाम्रो लगानी ग्राहकलक्षित छ । ग्राहकलाई एकै स्थानबाट सेवा दिन सक्यौ भने हामी सफल हुनेछौं’ गुप्ताले भने ‘त्यसैको लागी हामीले मार्टलाई थप ब्यवस्थित बनाउदै लगिरहेका छौं ।’


ठुलो लगानीमा रेष्ट्रो संचालन गर्दै आएका गुप्ताले व्यवस्थित बजारको अवधारणासहित मार्ट क्षेत्रमा प्रवेश गरेको बताउछन् । ‘मार्टले बजार क्षेत्रलाई ब्यवस्थित र सुन्दर बनाउछ । अधिकांश ब्यवसायीले आफ्नो ब्यवसायलाई बढ्दो शहरीकरणअनुसार रुपान्तरण गर्नुपर्छ भन्ने मेरो भनाई हो’ गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्