जीतपुरमा एक सय ६५ जना एमाले प्रवेश, बस्नेतले गरे स्वागत


eShilalekh

२० भाद्र २०७८, आईतवार १४:३८

जीतपुर : बाराको जीतपुरमा विभिन्न पार्टी परित्याग गरी एक सय ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले रोजेका उनिहरुलाई पूर्वमन्त्री एवम् एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले स्वागत गरे ।


एमाले राज्नेमा जीतपुरका राजुराज गिरिसहित विभिन्न पार्टीका कार्यकर्ता हुन् । जीतपुरसिमरा नगर कमिटिले आयोजना गरेको कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बारा आएका बस्नेतले एमाले प्रवेश गर्ने जनलहर बढ्दै जाने बताए ।


परमादेशबाट एमालेलाई सरकारबाट हटाएपनि जनताको मनबाट कसैले हटाउन नसक्ने भन्दै बस्नेतले अबको निर्वाचनमा एमाले प्रमुख पार्टी हुने दावी गरे । उनले वर्तमान गठबन्धनको सरकारलाई कुपोषण लागेको र जनतामुखी कामको आशा नरहेको बताए ।


उक्त कार्यक्रममा नेपका एमालेका केन्द्रीय सदस्य अच्युत मैनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, एमाले बाराका इन्चार्ज बलबिर चौधरी, प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी, युवा नेता मोविन आलम, पुरुषोत्तम साह, त्रिलोक ठकुरी हिरा बस्नेतलगायतको उपस्थिती रहेको थियो । मोजाहिर अंसारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्