विश्वकर्मा र गुरुङले गरे एकिकृत समाजवादीमा सनाखत


eShilalekh

२० भाद्र २०७८, आईतवार १६:४२

सिमरा : बाराका दुई प्रदेश सभा सदस्यले एकिकृत नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर आईतवार उनिहरुले सनाखत गरेका हुन् ।


विश्वकर्मा प्रदेश ४ (क) बाट प्रत्यक्ष निर्वाचित र गुरुङ समानुपाति सांसद हुन् । यसअघि एमालेका २१ मध्ये ११ जनाले जनकपुर पुगेर समाजवादीको पक्षमा सनाखत गर्दा उनिहरु उपस्थित थिएनन् ।


समाजवादीको पक्षमा सनाखत गर्न नपुगेपछि उनिहरुले एमाले रोजेको बताइएको थियो । तर केही दिन वित्नमा नपाउदै उनिहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन् । विश्वकर्मा माधव नेपाल पक्षका हुन् ।


विश्वकर्मा र गुरुङले सनाखत गरेपछि प्रदेश २ सभामा एकिकृत समाजवादीका सांसदको संख्या १३ पुगेको छ । यसअघि ११ जनाले समाजवादीमा सनाखत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्